८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

लम्साल बनिन् बेल्जियमको राजदूत



काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बुधबार बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सदस्य महेशप्रसाद बर्तौलाले जानकारी दिए ।
यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव, योग्यता, अभिरुचि र भावी रणनीतिसहितको कार्ययोजना प्रस्तुत गरे । परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालिसकेकी छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  २ : ३० बजे