काठमाडौँ । सरकारलाई प्रभावकारी र व्यवस्थित बनाउन ८ सदस्यीय संयन्त्र गठन गरिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति अनुसार सरकारको प्रभावकारिता बढाउन तथा सहजीकरणका लागि केन्द्रिय स्तरको संयन्त्र गठन गरिएको नेकपा एमालेका प्रचार विभागले जनाएको छ ।
उक्त संयन्त्रमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
यस्तै नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा छन् ।
केन्द्रका साथै प्रदेश र जिल्ला स्तरमा पनि संयन्त्र गठन गर्ने तयारी रहेको प्रचार विभाग प्रमुख गौतमले बताए ।