चितवन । कृषि विकास बैँकको २ सय ७१ औँ व्यवसायीक शाखा भरतपुरको गीतानगरमा सञ्चालनमा आएको छ । आजदेखि गाँउ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा नँया शाखा सञ्चालनमा आएको हो । शाखाको बैँकका कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा बैकका सञ्चालक समिति सदस्य संजिव पौडेलले संयुक्त रुपमा उदुघाटन गर्नुभयो ।
‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दुरदृष्टिका आधारमा चितवन जिल्लाको १० औँ शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैँकका कार्यकारी अधिकृत गोविन्द गुरुङले दाबी गर्नुभयो । आम जनताको आय स्तर वृद्धि गर्न बैंकले सहकार्य गर्न तयार रहेको गुरुङको भनाई थियो । कार्यक्रममा कार्यकारी अधिकृत गुरुङले बैंकको सेवा अझ प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो ।
बैंकले करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेस सहित मोवाईल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरि सेवा दिईरहेको छ ।
उद्घाटन बैकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ, वागमती तथा गण्डकी प्रदेश चिफ सुशिल हुमागाई, कृषि तथा एमएसएमई विभाग प्रमुख निकु आचार्य, मार्केटिङ्ग एण्ड सेल्स विभागका बरिष्ठ शाखा प्रमुखद्धय धुव्र पौडेल र खेटराज दाहाल लगायतको उपस्थिति रहेको थियो । बैकमा झण्डै ३ लाख शेयर धनी रहेकोमा हाल गीतानगर बजार शाखा क्षेत्रमा करिब १ सय भन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् ।
बैकले १ लाख ५२ हजार कर्जाग्राहीबाट २ सय ६ अर्ब लगानी गरेको छ भने २१ लाख निक्षेपकर्ताबाट २ सय ६० अर्ब निक्षेप संकलन गरेको जनाएको छ ।