काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा छ करोड भन्दा बढीको को लागतमा कलात्मक चन्दन भराटेश्वर महादेव मन्दिर बन्ने भएको छ । नगरपालिका ६ नम्वर वडामा बन्ने ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिर निर्माणको लागि सोमबार शिलान्यास गरिएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा संयुक्त रुपमा शिलान्यास गरे । शिलान्यासमा कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले नगर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ऐतिहासिक मन्दिरको पुर्ननिमार्ण गर्ने पहल गरिएको बताए ।
कुल छ करोड पाँच लाख सात हजार चार सय सड्सठ्ठी लागत रहेको सो परियोजनाको लागि भारतीय दूतावासबाट चार करोड छत्तीस लाख नब्बे हजार सहायता प्राप्त गरेको नगरपालिकाले जनाएको । मन्दिर परिसर पुनर्निर्माण गर्न नेपाल सरकार,भारतीय सरकार र चन्द्रागिरि नगरपालिका बिच मिती २०८० सालमा त्रिपक्षीय सम्झौता भएको थियो ।