८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुसहितको बैठक, ३ बजे बस्ने



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको त्रैमासिक समीक्षा गर्न मन्त्री र सचिवहरूलाई बैठकमा बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारका कामको त्रैमासिक समीक्षाका लागि सबै मन्त्री र मन्त्रालयका सचिवहरु सहभागी हुने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकको मुख्य उद्देश्य चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरूको समीक्षा गर्नु रहेको छ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १२ : ४४ बजे