८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

सुनको मुल्य फेरी घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १२ : १५ बजे