काठमाडौँ । उपनिर्वाचन अन्तर्गत काठमाडौँको किर्तिपुर नगरपालिका र मोरङको ग्रामथान गाउँपालिकामा मतपेटिका संकलन पछि आजै रातिदेखि मतगणना गर्ने तयारी गरिएको छ । निर्वाचन आयोगले आज रातीबाट मतगणना गरिने जनाएको छ ।
अन्य जिल्लामा पनि मतपेटिका सम्वन्धीत मतगणनास्थलमा संकलन गरिएपछि सर्वदलिय सहमतिपछि गणना शुरु गरिने तयारी गरिएको छ ।
स्थानीय तहको रिक्त ४४ पदमध्ये ३ जना निर्विरोध भएपछि आज ४१ पदका लागि निर्वाचन भएको हो ।