२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

माओवादी भन्यौँ -उपनिर्वाचनबाट उत्साहित छौँ



काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको प्रारम्भिक समीक्षा गर्दै उपनिर्वाचनबाट उत्साह र महत्वपूर्ण आधारहरू थपिएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले मङ्सिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको हो ।

स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचनको तयारीमा लाग्ने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

बैठकपछि प्रवक्ता सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनका लागि उप निर्वाचनले थप आधार दिएको पनि बताए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १२ : ३४ बजे