८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

वीरगन्जबाट डिजेल आयात घट्यो



पर्सा । वीरगन्जबाट डिजेल आयात घटेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा डिजेलको आयात ९.४१ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

डिजेल आयातसँगै राजस्व पनि १५।१६ प्रतिशतले घटेको छ । आव २०८१र८२ को चार महिनामा २१ अर्ब ८४ करोड आठ लाख ७६ हजार रुपैयाँको दुई लाख ४६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा ३० अर्ब १७ करोड ७६ लाख ४८ हजार रुपैयाँको डिजेल आयात भएको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकलनमा असर परेको बताए ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै पैठारी हुँदै आएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने, “सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन ।”

यस्तै, चालु आवको चार महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजार रुपैयाँको एक लाख ४२ हजार ८६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजार रुपैयाँको एक लाख २९ हजार १२६ किलोलिटर पेट्रोल आयात भएको थियो । रासस

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १० : १९ बजे