काठमाडौं । लगातार बढेको सुुनको मूल्य बिहीबार भने स्थिर छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार (हिजो) पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो ।
यस्तै, चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।