काठमाडौं । बिहिबार स्थगित भएको (नेकपा माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बिहीबार दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित भएको थियो । उक्त बैठक आज बस्न लागेको हो ।
कार्यालयका सचिव श्रीराम ढकालका अनुसार, बैठक बिहान ११ बजे बस्नेछ ।
स्थायी कमिटी बैठकमा उपनिर्वाचनको समीक्षालगायत समसमायिक विषयमा छलफल हुनेछ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिने तयारी भएको नेताहरूले बताएका छन् ।
पुनले पार्टीमा सक्रिय हुन खोजेका छन् ।