८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

एनपिएलः विराटनगरद्वारा काठमाडौँ सामु ११८ रनको लक्ष्य प्रस्तुत



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले काठमाडौँ गुर्खाज सामु जितका लागि एक सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको हो ।

विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।

विराटनगरका लागि लोकेश बमले आठ, सुवास भण्डारीले छ, इस्मत आलमले पाँच र क्रिस सोलले एक रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको छ ।

बलिङतर्फ काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, दिपेश कँडेलले दुई विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक÷एक विकेट लिए । अहिले काठमाडौँले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ११ : ५५ बजे