८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सीमा अपराध र तस्करी नियन्त्रण गर्न गृहमन्त्री लेखकको निर्देशन 



रुपन्देही । गृहमन्त्री रमेश लेखकले सीमा अपराध र तस्करी नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सिमानामा भई रहेका सीमा अपराध, तस्करी र राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनुए ।

क्रस बोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएको र राजस्व चुहावट भइरहेको सुनिएको छु गृहमन्त्री लेखकले भने गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् । उनले पछिल्लो समय साईबर क्राईम बढेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए ।

गृहमन्त्री लेखकले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताए । उनले शान्ति सुरक्षा खलबलिने बित्तिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्व शर्त नै शान्ति सुरक्षा रहेको बताउँदै शान्ति सुरक्षा र अमन चयनमा विशेष ख्याल गर्न आग्रह गरे ।

गृहमन्त्री लेखकले संविधानको सही कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिए ।

गृहमन्त्री लेखकले शान्ति, सुशासन, विकास र समृद्विका लागि पनि शान्ति सुरक्षा अनिवार्य सर्त रहेको बताए ।

गोष्ठीमा गृह मन्त्रालयका अधिकारी सहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सुरक्षा अधिकारीको सहभागिता रहेको छ ।

गोष्ठीमा सीमा सुरक्षा, सीमा अपराध, राजस्व चुहावट, प्रदेशको सुरक्षा चुनौती लगायतका विषयमा छलफल गरिने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ४ : २१ बजे