५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

अख्तियारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा हस्तक्षेप छैनः सभापति खतिवडा



काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको कुनै हस्तक्षेप नरहेको बताएका छन्।

बिहीबार समिति बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै सभापति खतिवडाले आवश्यक परेको बेला जोसुकैसँग छलफल गर्ने अधिकार समितिसँग भएको तर प्रधानमन्त्रीले यही विधेयकमा छलफल गरौं भनेर नबोलाएको बताए।

उनले प्रधानमन्त्रीको व्यक्तिगत आचरणमा आँच आउने र मान मर्यादा हुने किसिमले भ्रम फैलाइएको बताए। उनले भ्रष्टाचारमा संलग्न दोषीहरु नउम्किने र निर्दोष नफस्नेगरी विधेयकमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समितिमा छलफल गरेर कसैले दुःख नपाउने गरी विधेयक संशोधन गर्ने दाबी गरे।

उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि आयोगले अनुसन्धान गर्नसक्ने गरी संशोधन गर्न सुझाएको छ। अबको केही समयमा विधेयकमाथि छलफल सुरु गर्ने समितिको तयारी छ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ६ : ५७ बजे