२५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026

काठमाडौंको न्यूनतम तापक्रम घट्यो



काठमाडौँ । काठमाडौंमा लगातार जाडो बढिरहेको महशुस भएको छ ।
काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिहान ८:४५ मा सार्वजनिक हुने मापनमा न्यूनतम तापक्रम घटेर आउन सक्ने महाशाखाले जनाएको छ।

काठमाडौंको अधिकतम तापक्रम शुक्रबार १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ सेल्सिय मापन भएको थियो। बुधबार ५.१ डिग्री सेल्सियस मापन भएको थियो।

केही दिन न्यूनतम तापक्रम धेरै तलमाथि नहुने महाशाखाको पूर्वानुमान छ।

शुक्रबार बिहान देशका अधिकांश स्थानहरूमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ११ : ४२ बजे