१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

पुस १० मा एमालेले बोलायो सचिवालय बैठक



काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक पुस १० गते बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, संगठन विस्तार योजना लगायत विषयमा छलफल हुनेछ । बैठकमा सरकारको काम कारबाही र समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले बताए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १२ : १४ बजे