८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

रास्वापा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।

सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि हिजो मात्र जिल्ला प्रहरी कार्यालयले सम्पत्ति शुद्धीकरण (मनीलाउण्डरीङ्ग) निवारण ऐन, २०६४ को दफा २७ को कारावही अघि बढाउन सभामुखलाई पत्र पठाएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : ५९ बजे