काठमाडौं । स्थानीय बजारका सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ ।