१७ पुस २०८१, बुधबार | Wed Jan 1 2025

माओवादीको पदाधिकारी बैठक बस्दै,अखिल क्रान्तिकारीको मतदान विवाद मिलाइने



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ। बत्तिस वर्षको उमेरहद लगाउने कि नलगाउने भनेर नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा भएको मतदान विवादित परेपछि मिलाउन बैठक बस्न लागेको हो ।

आइतबार दिउँसो ३ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाइएको पार्टीका प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले बताए ।

पार्टी निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०को नेतृत्वमा उमेर हदको छिनोफानोका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक गरिएको छैन। शनिबार डडेलधुरा बाहेकका जिल्लामा मतदान भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १ : ३७ बजे