काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
ग्लोबल आईएमई बैंक आउँदो बिहीवार पुस १८ गतेदेखि आफ्नो स्थापनाको १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ । १८औं वार्षिकत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ्ग सेवा, डिजिटलरनवीनतम बैंकिङ्ग सेवा, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरूलगायत विभिन्न बैंकिङ्ग शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक देशको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र छन् ।