काठमाडौँ । सोमबार स्थानीय बजारमा सुनको मूल्य फेरी बढेको छ।
आइतबार तुलनामा आज प्रतितोला प्रतितोला चार सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।





