२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

कांग्रेसको उद्योग विभागमा दस सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दस सदस्य मनोनयन गरेका छन् ।

पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दस जनालाई मङ्गलबार उनले मनोनयन गरे ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुब खड्का (काठमाडौं), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौं) लाई मनोनयन गरेका छन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : ०९ बजे