काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबारको तुलनामा सुनको मूल्य १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य बुधबार स्थिर छ ।