९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

लामो समयपछि संवैधानिक निकायमा असंवैधानिक नियुक्तिका ५२ जनाको मुद्दामा पेसी तोकियो



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिट निवेदनमा आज पेसी तोकिएको छ। बुधवार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकिएको हो । गैर संबैधानिक रुपमा आयोगका पदाधिकारीको नियुक्ति भएको भन्दै बदर गर्न माग गर्दै वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले ४ बर्ष अघि रिट हालेको थिए । लामो समयपछि
उक्त मुद्दा एकपछि अर्को पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको थियो ।

बुधवार पेसीमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, तथा न्यायाधीशहरू हरिप्रसाद फुयाँल, मनोज शर्मा र नहकुल सुवेदी र सपना प्रधान मल्लको इजलासमा उक्त रिटको पेसी तोकिएको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न अख्तियारसहित संवैधानिक निकायमा नियुक्ति गरेका थिए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ११ : ४३ बजे