२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले लिए शपथ



काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई शपथ गराएका हुन् ।

मंगलबार सभामुखको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई सचिव पदमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १ : २३ बजे