१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

भोली राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि शुक्रबार हुने भएको छ ।

बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताए ।

बैठकमा पार्टीका अध्यक्ष कमल थापाको राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

हालै तराई मधेश सम्मेलन सम्पन्न गरेको राप्रपाले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ११ : १९ बजे