९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

फेरी बढ्यो सुन र चाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बढेको छ । आज बिहिबार सुनको मूल्य ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । आजको बजार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ११ : २१ बजे