काठमाडौँ । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँग मिल्दोजुल्दो पोशाक र दर्ज्यानी चिह्नसँग प्रयोग नगर्न आग्रह गरेको छ ।
नगर प्रहरीलगायत सरकारी र गैरसरकारी तथा निजी क्षेत्रका सुरक्षा गार्डले पनि सेना, प्रहरीले प्रयोग गर्दै आएका पोशाक र दर्ज्यानी चिह्न लगाउँदा जनमानसमा भ्रम सिर्जना भएकोले त्यसो नगर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले यस अघि पनि आग्रह गर्दै आएको थियो ।
हालै गृह मन्त्रालयले सबै प्रहरी कार्यालयमा परिपत्र गरेर सेना र प्रहरीले प्रयोग गर्दै आएका पोशाक र दर्ज्यानी चिह्नसँग मिल्दोजुल्दो हुने गरी कोही कसैले प्रयोग नगर्न र प्रयोग गरे पाइएमा कानुनअनुसार कारबाही दायरामा ल्याउन भनेको छ। गृहन्त्रालयले यस अघि पनि पटक -पटक यो बिषयमा ध्यानाआर्कषण गर्दै आएको थियो ।