काठमाडौं । लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेशमा परिमार्जन गर्ने प्रस्ताव गरेको छ । जसअनुसार लोकसेवा आयोगमा सेवा प्रवेशमा बढीमा ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव गरेको छ ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।
रेग्मीले सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव लिखित रुपमै पेस गरेका छन् । समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने भनिएको छ ।
अनिवार्य अवकाश भने ६० वर्ष कायम गरिनुपर्ने प्रस्ताव आयोगको छ । यस अघि ५८ बर्षको अनिवार्य अवकास पाउने ब्यवस्था रहेको थियो । यता यो प्रस्ताव पारित भएमा लोकसेवा आयोगका तयारी गरिरहेका लाखौँ बिद्यार्थीहरु सेवा प्रवेशबाट बन्चित हुनेछन् । सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव प्रति केही सांसदहरुले सशोधन समेत हालेका छन् ।