१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

रास्वपाको केन्द्रिय समिति बैठक आज पनि जारी रहने



काठमाडौं । शनिवार देखी जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ ।

जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने माथी भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको छ । हिजोको बैठकले सरकारी अध्यादेश पार्टी सभापतिलाई लामिछानेलाई अप्ठ्यारो पार्ने तरिकाले आएको धारणा राखेका थिए ।

कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रित भएर छलफल भइरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ९ : ५० बजे