काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले परित्याग गरेका घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् खनालले आफू कुनै पार्टीमा सक्रिय नरहेको घोषणा गरेका हुन् । उनले फेसबुुकमा लेखेका छन्,
‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन, राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’
देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सक्दो कार्य गरिरहने उनले बताएका छन् ।
यसअघि खनाल एमालेमा सक्रिय थिए । उनले एमालेबाट दुई पटक संसदीय निर्वाचन समेत लडेपनि पराजित भएका थिए ।





