२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल, को -को छन् कार्यदलमा ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कार्यदलमा कान्तिशिखा धिताल, डा। नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा। अच्युतम लामिछाने र मेघ आले सदस्य छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : १२ बजे