२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

प्रचण्डको प्रतिवेदनमा छलफल जारी, केन्द्रीय सदस्यलाई ३ मिनेट बोल्ने समय



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा दोस्रो दिनको छलफल जारी छ । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको हो ।

बोल्ने केन्द्रीय सदस्यहरुलाई तीन–तीन मिनेटको समय छुट्याइएको छ । छलफलमा भाग लिन इच्छुक केन्द्रीय सदस्यहरुलाई नाम टिपाउँदै बोल्ने गरी ब्यवस्था मिलाइएको छ ।

विगतका बैठकहरुमा राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह बनाउने र छलफलपछि समूहको नेताले धारणा सुनाउने गरिन्थ्यो । तर यसपटक त्यस्तो अभ्यास नगरी केन्द्रीय सदस्यहरुलाई सीधै बोल्न दिइएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १ : १७ बजे