काठमाडौँ । आज विहान गएको भूकम्पको केन्द्रविन्दू नेपाल-तिब्बतको सीमा क्षेत्रमा रहेको पुष्टी भएको छ ।
नेपालको सीमा नजिकै तिब्बतको सिजाङ केन्द्रविन्दू भएर ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको अमेरिकन जिओलोजिकल सर्भे (यूएसजीएस) ले उल्लेख गरेको छ ।
विहान ६ बजेर ५० मिनेट १६ सेकेण्डमा गएको भूकम्पले काठमाडौँ उपत्यकासहित, नेपालको तराई एवं पूर्वी जिल्लामा ठुलै धक्का महसुस गरिएको थियो ।
हाम्रा स्थानीय सम्बाददाताहरुले विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको र मानिसहरु एका विहानै होहल्ला गर्दै घर बाहिर निस्किएको जानकारी दिएका छन ।
भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ । क्षतीको बिबरण संकलन गर्न प्रहरीलाई र्सकुुलर गरिएको छ ।