काठमाडौं । तिम्बतमा शक्तिशाली भुकम्पपछि चीनले पर्यटकलाई सगरमाथा क्षेत्र प्रवेशमा अस्थायी रोक लगाएको छ । तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड )भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार)को भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोक लगाएको हो ।
नेपालबाट भने यस सम्बन्धमा कुनै निर्णय भएको छैन ।
पछिल्लो विवरण अनुसार, तिब्बत भूकम्पबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । सगरमाथा क्षेत्रमा पर्यटक र कर्मचारी भने सुरक्षित रहेको जनाइएको छ ।
नेपालमा पनि कम्पको धक्का विभिन्न जिल्लासहित भारतमा केही स्थानमा समेत महसुस गरिएको थियो ।