२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

केपी ओलीले बैठकमा भने-संविधान संशोधन ०८७ मा मात्रै हुन्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकको समापन गर्दै ओलीले यस्तो बताएका हुन् । केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आफ्ना धारणा राखेका थिए ।

उनीहरुको जवाफ दिने क्रममा ओलीले संविधान संशोधनको अवस्था नरहेको बताएका हुन् ।

उनको भनाई उद्धृत गर्दै एक नेताले भने, “संविधान संशोधन ०८७मा मात्रै हुन्छ । तपाईंहरुले पनि राष्ट्रिय सभाको संख्या देख्नुभएको छ ।”
आइतबारबाट सुरुभएको केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गर्दै बैठक सकिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ३३ बजे