२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

सिआइबीले गर्‍यो धनराज गुरूङसँग दोस्रोपटक सोधपुछ, चार घण्टा बयान



माठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग सोधपुछ गरेको छ।

गुरूङसँग सिआइबीले दोस्रो पटक मंगलबार ४ घन्टा बढी सोधपुछ गरेको हो।

गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन्। धनराजले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन्।

यसअघि पनि बयान लिँदा गुरूङले सिआइबीसँग यस विषयमा आफ्नो संलग्नता नभएको बताएका थिए।

ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ। सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ४३ बजे