काठमाडौं । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
उनीमाथि एमबीबीएसमा नाम निकालिदिने नाममा ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । ठगीको घटना बाहिरिएपछि उनलाई सभापति पोखरेलले बर्खास्ता गरेका थिए ।
गत सोमबार मोरङ जिल्ला अदालतले अनिलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।