२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

रवि लामिछानेलाई ६५ लाख र पूर्वडीआईजी जोशीलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश !



पोखरा । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरिदिन आदेश भएको छ । उनलाई ६५ लाख धरौटी राखेर रिहा गरिदिन कास्की जिल्ला अदालतले आदेश दिएको हो ।
न्यायाधीश नीतिज राईको इजलासले यस्तो आदेश दिएको हो ।
उनलाई सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी प्रकरणमा अभियुक्त बनाउँदै मुद्दा दायर भएको थियो । त्यस्तै पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : २२ बजे