काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका निम्ति सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभामा उनले सरकारको ध्यान मुलुकको आर्थिक विकास र समृद्धितर्फ रहेको जिकिर गरे । यसलाई सहज बनाउन अध्यादेशमार्फत केही कानुन संशोधन गरिएको उनले बताए ।
उनले शासकीय सुधारसँग सम्बन्धित, उद्योग, व्यवसाय सहज सञ्चालन हुने र सुशासनलाई प्रत्याभूत गर्ने कानुन अघि बढाइएको उल्लेख गरे ।
सरकारले ल्याएको अध्यादेशमा के के व्यवस्था छ रु
बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति सरकारले लिएको उनले बताए । मुलुकमा उद्योगको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीका निम्ति महत्त्वपूर्ण निर्णय गरिएको उनले बताए । आईटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरिएको उनले सुनाए ।
उनले सरकार निजी क्षेत्रसँग सरकार्य गर्न सधैँ तयार रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।