२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

सदन चाँडै चल्छ : सभामुख



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को अधिवेशन चाँडै आह्वान हुने विश्वास व्यक्त गरेका छन् ।

३०३औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग उनले संघीय संसद्को अधिवेशन बस्ने समय भइसकेको बताए । “सदन अब बेला भा’छ, चाँडै चल्छ,” उनले भने ।

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइनसकेकाले जानकारी नभएको उनको भनाइ थियो ।

पृथ्वीनारायण शाहले एकीकरण गरेकाले नेपाल अस्तित्वमा रहेको भन्दै उनले देशलाई थप एकताबद्ध बनाएर प्रगतितर्फ लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : ३१ बजे