१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

सुनको मूल्य तोलामा ८०० घट्यो



काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ४० रुपैयाँ घटेर एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १२ : ५८ बजे