२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

बिपक्षी दलको बैठक-संसद् बोलाउन दबाब दिने विपक्षी ६ दलको निर्णय



काठमाडौं । विपक्षी दलहरुले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने भएका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको प्रतिपक्षी दलहरुको बैठकले सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको निस्कर्षसहित तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न दबाब दिने निर्णय गरेको हो । बैठकमा संसद छलेर सरकारले अध्यादेश ल्याएको विषयमा मुख्य छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आमजनता पार्टी, नेसपासहित विपक्षी दलका नेता सहभागी थिए ।

बैठकको निर्णयबारे संयुक्त विज्ञप्ति जारी हुने बताइएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ११ : ३५ बजे