७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुदुरपश्चिममा प्रदेश सभामा चार महिनापछि बैठक बस्दै



अत्तरिया । सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको छ । माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१(०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन ल्याउने समेत तयारी गरेको छ ।

प्रदेश सभा विधायन समितिका सभापति दिवान सिङ विष्टले ऐन ल्याउन समितिले स्थानीय तहका जनप्रतिनिधि सँग सुझाव सङ्कलन गरेको र ऐन ल्याउने अन्तिम तयारीमा रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : २५ बजे