१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

कृषि विकास बैंक बार्षिकोत्सवका साताब्यापी कार्यक्रम सम्पन्न, कृषि बिकास र एनआईएमबिले जित्यो एडीबीएल कर्पोरेट फुटसलको उपाधि



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवका अबसरमा सञ्चालन गरिरहेका साताब्यापी बिभिन्न कार्यक्रमको सम्पन्न गरेको छ । साताभरी सञ्चालन भएको फुटसल प्रतियोगितमा शनिवार सम्पन्न भएको हो । एडिबिएल कर्पोरेट फुटसल २०८१ मा विभिन्न कर्पोरेट हाउसहरूबीच प्रतिसप्रर्धा भएको थियोे । विभिन्न कर्पोरेट हाउसहरूबीच आत्मीयता र सम्बन्ध विस्तारका लागि आयोजना गरिएको यो प्रतियोगितामा महिला र पुरुष दुवै तर्फको खेल निकै रोमाञ्चक बनेका थिए ।

महिला तर्फको फाइनलमा कृषि विकास बैंकको टिमले ग्लोबल आईएमई बैंकको टिमलाई पराजित गरेको छ । २–१ को गोल अन्तरले कृषि विकास बैंक विजयी बन्यो भने ग्लोबल आईएमई बैंकको टिम दोस्रो स्थान हासिल गर्‍यो । उक्त प्रतियोगितामा ओर्ल्डलिंक कम्युनिकेसनको टिम तेस्रो स्थानमा हासिल गर्‍यो ।
पुरुष तर्फ एनआईएमबि बैंकको टिमले ग्लोबल आईएमई बैंकलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो भने ग्लोबल आईएमई बैंक दोस्रो र कृषि विकास बैंकको टिमले तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत छनोट गरिएको छ ।
यी हुन् प्रतियोगितामा उत्कृष्ट खेलाडी
उत्कृष्ट खेलाडी (महिला )भावना बम, कृषि विकास बैंक
उत्कृष्ट खेलाडी (पुरुष) सुलभ थापा,एनआईएमबि बैंकका
उत्कृष्ट गोलरक्षक (महिला) सानुमाया गुरुङ, ग्लोबल आईएमई
उत्कृष्ट गोलरक्षक (पुरुष)सगुन कुमार मोक्तान, एनआईएमबि
उच्च गोलकर्ता (महिला) चन्द्रिका भट्ट, ग्लोबल आईएमई
उच्च गोलकर्ता (पुरुष) क्षितिज सुवेदी, नेको इन्स्योरेन्स
समापन समारोहमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रतियोगिताले विभिन्न संस्थाहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र कर्मचारीहरूको प्रेरणा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
माघ १ गते सुरु भएको प्रतियोगिता शनिवार सकिएको हो । साताब्यापी सञ्चालन भइरहेका रक्तदान,प्रभातफेरी लगायतका अन्य कार्यक्रम यस अघिनै सम्पन्न भइसकेका छन् । कृषि बिकास बैंकले भोली (सोमबार )आफ्नो ५८ औँ वार्षिकोत्सवक भब्य रुपमा मनाउँदैछ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ११ : ३८ बजे