१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

कृषि विकास अब्बल बैंकमा स्थापित भन्दै अर्थमन्त्रीले गरे प्रशंसा, रोजगारी दिने क्षेत्रमा लगानी गर्न जोड



काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंकले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा ब्यक्त गरेका छन् ।
आज कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बैंकले पछिल्लो समय निकै सकरात्मक उपलब्धी हासिल गरेको बताएका हुन् । उनले भने “मुलुकको कृषि क्षेत्रको विकासका लागि बैंकले आधा शताब्दीभन्दा लामो समयदेखि अनवरत रुपमा सेवा प्रवाह गरिरहेको छ । बैंकले पछिल्लो समय निकै सकरात्मक उपलब्धी हासिल गरेर आफ्लाई अब्बल बनाएको छ । अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतमा बनाएको छ , निकै सकारात्कम परिवर्तन भएका छन् । उपलब्धीलाई पाठ सिकेर थप मानक बनाउँनको लागि शुभकामना दिन चाहान्छु ।”

साथै उनले बैंकको इज्जतलाई र प्रतिष्ठा पहिलो प्राथमिकता राखेर काम गर्न कर्मचारीहरुलाई सुझाव दिएका छन् । त्यस्तै उनले उत्पादकत्व र रोजगारी दिने क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिएका छन् । मुलुकको कृषि तथा पशुपालन क्षेत्रमा मुख्य लगानी भएको यस बैंकले कृषक वर्गलाई मुख्य प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको छ । २७ लाख भन्दा बढी ग्राहक देशभरि रहेको बैंकले ग्राहकको चाहना र आवश्यकता पूर्णरुपमा डिजिटाइज गरेको छ । वार्षिकोत्सवकै अवसरमा पारेर बैंकले नयाँ वेबसाइट शुभारम्भ समेत गरेको छ । बैंकले कुल ४ अर्व १३ करोड मुनाफा संकलन गर्न सफल भएको दाबी गरेको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी, २० र २५ बर्ष सेवा गरेको कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १२ : २५ बजे