काठमाडौं । पछिल्लो समय एमाले छाड्ने नेताहरुको क्रम बढ्न थालेको छ । आज मात्र सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)को विभिन्न तहमा रहेका ५९ नेता–कार्यकर्ताले पार्टी छाडेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको प्रश्न गर्दै उनीहरुले एमाले छाडेका हुन् ।
पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई एमालेबाट निकालिएकामा उनीहरूले आक्रोस प्रकट गरेका छन् । “नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा.भीम रावललाई अध्यक्ष केपी ओलीको निर्देशनमा २०८१ साल पुस १० गते सचिवालयको बैठकबाट पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको स्वेच्छाचारी निरंकुश र तानाशाही निर्णयको हामी विरोध र भर्त्सना गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।
रावलले प्रस्ताव गरेको मातृभूमि जागरण अभियानलाई पूर्ण रूपमा समर्थन र सहयोग गरी अगाडि बढ्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । “कम्युनिस्ट र समाजवादका विरोधीहरूसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमानदार र देशभक्त सदस्यहरूले बसिरहनुको कुनै औचित्य छैन,” विज्ञप्तिमा भनिएको छ ।
यसरी पार्टी छाड्नेमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चक्र रावललगायत नेता–कार्यकर्ता छन् । पार्टी कार्यलय बनाउन बिवादास्पद छविका मीनबहादुर गुरुङको सहयोग लिन नहुने भन्दै अभिब्यक्ति दिएका नेताहरुलाई कारबाही गरेको थिए । पछिल्लो समयमा एमालेका नेता तथा कार्यत्रकर्ताका भटाभट पार्टी त्याग गर्न थालेका छन् । यता एमाले विराटनगर–२ का १८ जनाले दिए पनि राजीनामा दिएका छन् ।
यी हुन् एमाले छाड््ने नेताहरु





