६ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026

तत्कालीन गाविस सचिवविरुद्ध ३८ लाखको भ्रष्टाचार मुद्दा !



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध ३८ लाख ३० हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक आदर्श गाविस भवानीपुर जीतपुर, बाराका तत्कालीन सचिव आस महमद अन्सारीले साविक आदर्श गाविस भवानीपुर जीतपुर बारा (हाल जीतपुरसिमरा) उपमहानगरपालिका० को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा सो भ्रष्टाचार गरेको पाइएको छ ।

अन्सारीले भाडा लगाउन अपनाइएको विधि पारदर्शी भएको भनी यकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको धरौटी वापतको रु।३८,३०,५००।– खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  २ : ५२ बजे