१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

कृषि बिकासले बैंकले मनायो ५८ औँ बार्षिकउत्सव, यी हुन् प्रगती र योजनाका फेहरिस्त (भिडियोसहित)



काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंकले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा ब्यक्त गरेका छन् ।
आज कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बैंकले पछिल्लो समय निकै सकारात्मक उपलब्धी हासिल गरेको बताएका हुन् । उनले भने “मुलुकको कृषि क्षेत्रको विकासका लागि बैंकले आधा शताब्दीभन्दा लामो समयदेखि अनवरत रुपमा सेवा प्रवाह गरिरहेको छ । बैंकले पछिल्लो समय निकै सकरात्मक उपलब्धी हासिल गरेर आफ्लाई अब्बल बनाएको छ । अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतमा बनाएको छ , निकै सकारात्कम परिवर्तन भएका छन् । उपलब्धीलाई पाठ सिकेर थप मानक बनाउँनको लागि शुभकामना दिन चाहान्छु ।”
मन्त्री पौडेलले बैंकको इज्जतलाई र प्रतिष्ठालाई पहिलो प्राथमिकता राखेर काम गर्न कर्मचारीहरुलाई सुझाव दिएका छन् । त्यस्तै उनले उत्पादकत्व र रोजगारी दिने क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव समेत दिएका छन् ।
बैंकका कार्यकारी अधिकृत गोबिन्द गुरुङले बैंकले हालसम्मका प्रगती बिवरण राख्नुका साथै आगामी योजनाबारे जानकारी दिए । गुरुङले ग्रामीण भेगको उत्थानको लागि सहरको निक्षेप दुर दराजमा लगानी गरेको बताए । उनले खाद्यानवादी बाली, निर्यातजन्य बस्तु, उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी गरेको बताउदै, साझा समृद्धिको लागि सबैको रोजाइको बैक भन्ने नाराको साथ ५ बर्षे बिजनेस योजना रहेको बताए । ८१-८२ देखि ८५-८६ सम्मको यो योजना अन्तरगत बैंकिङ क्षेत्रको प्रतिसप्रधालाई ध्यानमा राख्दै ब्यवसायिक रुपमा सक्षम बनाउन संस्थागत संरचना परिवर्तन गरी कार्यान्वयन गरिएको उनको भनाई छ ।

गत आर्थिक बर्षमा ४ अर्ब १३ करोड सञ्चालन मुनाफा र २ अर्ब ७९ करोड खुद नाफा गर्न सफल भएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा २ सय १७ प्रतिशतले खुद मुनाफा बृद्धि गर्न सफल भई २० वाणिज्य बैंकहरुमध्ये कृषि बिकास ७ औंँ स्थानमा परेको थियो । बैंकले प्रवाहा गरेको कर्जा मध्ये ३३ प्रतिशत कृषि क्षेत्रमा समेटिको छ । बैंकका ७७ जिल्लामा २१ लाख भन्दा बढी निक्षेपकर्ता रहेका छन् ।
बैंकले ग्राहकको चाहना र आवश्यकता पूर्णरुपमा डिजिटाइज गरेको छ । वार्षिकोत्सवकै अवसरमा पारेर बैंकले नयाँ वेबसाइट शुभारम्भ समेत गरेको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी, २० र २५ बर्ष सेवा गरेको कर्मचारीलाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : २५ बजे