काठमाडौँ । आज नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने तय भएको हो । आज अपराह्न ४ बजे बस्ने बैठकमा
‘समसामयिक राजनीतिक परिस्थिति, पार्टी केन्द्रीय कमिटी बैठकका निर्णयहरू अन्तरपार्टी निर्देशनमार्फत् सर्कुलर गर्ने लगायत विषयमा छलफल हुने बताइएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गरेको छ।





